शेयर बजार खासै घटबढ भएन, दुई अर्ब ५३ करोड रुपैयाँको कारोबार
बैशाख १२, २०८१ बुधबार
सुर्खेत - वीरेन्द्रनगरमा जारी दोस्रो संस्करणको कर्णाली प्रिमियर लिग (केपीएल) अन्तर्गत आइतबार भएका खेलमामा मध्यपश्चिम क्रिकेट क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी भएका छन् ।
पहिलो खेलमा मध्यपश्चिमले लालीगुराँस क्रिकेट एकेडेमीलाई ७ विकेटले पराजित गरेको हो । यो सँगै लालीगुराँसले तेस्रो हार बेहोरेको छ । अब लालीगुराँस प्रतियोगिताबाट नै बाहिरिने निश्चित भएको छ ।
टस जितेर ब्याटिङ गरेको लालीगुराँसले २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनाएको थियो । ११२ रनको लक्ष्य मध्यपश्चिम क्रिकेट क्लबले ३ विकेटको क्षतिमा १६ दशमलब १ ओभरमा १ सय १३ रन बनायो । मध्यपश्चिमका लागि शैलेन्द्र यादवले ५३ र विशाल गुप्ताले ४५ रन बनाए । मध्यपश्चिमको जितमा आकास विष्ट र अजय साहनीले ३/३ विकेट लिए ।
खेलको 'म्यान अफ द म्याच' मध्यपश्चिमका आकास विष्ट घोषित भए ।
यस्तै दोस्रो खेलमा एपीएफले न्यू होराइजन बुटवललाई ३८ रनले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले पूरै ओभर खेल्दै ८ विकेटको क्षतिमा १ सय ५३ रन बनाएको थियो ।
एपीएफका लागि शरद भेषवाकरले ४१ र शंकर रानाले आक्रामक ४८ रनको पारी खेले । उनले मात्र २८ बलमा ४ छक्का र एक चौकाको मद्दतमा ४८ रन बनाए ।
एफिएफले दिएको १ सय ५४ रनको लक्ष्य पछ्याएको न्यु होराइजनले २० ओभरमा ८ वीकेट गुमाएर १ सय १५ रन मात्र बनाउन सक्यो ।
एपीएफका लागि यज्ञमान कुमालले ३ विकेट लिँदा शरद भेषवाकर र भुवन कार्कीले समान २/२ विकेट लिए । त्यस्तै कमलसिंह एरीले १ विकेट लिए ।
शरद भेषवाकर खेलको 'म्यान अफ द म्याच' चुनिए ।