मामाको बिहेमा जन्ती गएका भाञ्जाकाे अपहरण

 बैशाख १६, २०७६ सोमबार १०:४:११ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीमा मामाको बिहेमा जन्ती गएका एक १२ वर्षीय बालक अपहरणमा परेका छन् ।

सप्तरीको राजगढ गाउँपालिका वडा न.३ नर्घोका जागेश्वर यादवका १२ वर्षीय छोरा लक्ष्मण यादवको गत शुक्रवार राति त्यही गाउँपालिकामा जन्ती गएको बेला अपहरण भएको पीडित परिवारले बताएका छन् ।

राजविराजमा रहेकाे ज्ञानज्योति बोर्डिङ्ग स्कुलमा कक्षा ३ मा अध्ययनरत बालक जन्ती गएको बेला राति नै अपहरणमा परेको भन्दै उद्दार गरिदिन पीडितका आफन्तले जिल्ला प्रहरी कार्यालय सप्तरीमा आईतबार उजुरी समेत दर्ता गराएका छन् ।

छिमेकी ठकन यादवको छोरीको विवाहमा भोज खान गएको बेला राति नै अपहरण गरेको हुन सक्ने अनुमान पिडितका आफन्तजनले गरेका छन् । 

अन्तिम अपडेट: चैत २३, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया