पाल्पामा जन्ती बोकेको जीप दुर्घटना, ५ जनाको मृत्यु

 बैशाख १६, २०७६ सोमबार १९:१:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा – पाल्पाको निस्दी गाउँपालिकामा जन्ती बोकेको जीप दुर्घटनामा भएको छ । गाउँपालिकाको वडा नम्बर ६ र ७ को सीमानामा जन्ती बोकेको जीप दुर्घटना भएको हो ।

गाउँपालिकाकै वडा नम्बर ४ मित्यालको भीरपानीबाट जन्ती लिएर वडा ७ ज्यामिरेको हुवास फर्केको लु १ ज १९४१ नम्बरको जीप दुर्घटना हुँदा चालकसहित ५ जनाको घटना स्थल‍मै ज्यान गएको छ ।

ज्यान जानेमा चालक बुद्धिबल सोती, निस्दी–७ का खड्कबहादुर सोमै, देवलाल खन्गाहा, लाल बहादुर सारु र सन्तबहादुर सारु रहेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

जीपमा ६ जना सवार रहेकाे र एकजना सकुशल रहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया