लिभरपुलमाथि बार्सिलोनाको जित

 बैशाख १९, २०७६ बिहिबार ६:४३:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

युराेपियन च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले लिभरपुललाई ३-० गोलले पराजित छ । क्याम्प नाउमा बार्सिलोनाकाे जितमा कप्तान लियोनल मेस्सीले दुई गोल गरे भने लुइस स्वारेजले एक गोल थपे ।

खेलको २६ औं मिनेटमा स्वारेजको गोलबाट बार्सिलाेनाले अग्रता बनाएको थियो । च्याम्पियन्स लिगमा याे सिजन पहिलाे गाेल गरेका स्वारेजले आफ्नाे पूर्व क्लबविरुद्ध सुरुवातमा अग्रता दिलाए ।

पहिलो हाफमा १-० काे अग्रता बनाएकाे बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल थप्याे। जसमा दुबै गाेल कप्तान लियाेनल मेस्सीले गरे । खेलको ७५ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ८२ औं मिनेटमा मेस्सीले फ्रिकिकबाट गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए ।

पहिलो लेगको जितसँगै बार्सिलोनाले फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । अब दुई टोलीबीचको दोस्रो लेग लिभरपुलको मैदान एनफिल्डमा हुनेछ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया