जिम राटक्लिफको चेल्सी फुटबल क्लब किन्ने इच्छा

 बैशाख १९, २०७६ बिहिबार ७:१२:४० | एजेन्सी
unn.prixa.net

बेलायती धनाढ्य जिम राटक्लिफले चेल्सी फुटबल क्लब किन्नेमा इच्छुक भएको बताएका छन् ।

बुधबार राति ब्यावसायिक साइक्लिङ खरिद गरेपछि लन्च कार्यक्रममा उपस्थित भएका जिमले अहिले रसियन ब्यापारी रोमन अब्राहिमोबीचको स्वामित्वमा रहेको चेल्सीलाई आफू खरिद गर्न तयार रहेको स्वीकार गरेका हुन् । उनले यो विषयमा रोमनसँग छलफल भए पनि टुंगाे नलागेकाे बताए । 

उनले रोमन क्लब बेच्न तयार रहेमा आफू चार विलियन पाउण्ड तिर्न तयार रहेको बताएका छन् । उनको तत्काल रोमनसँग भेटेर क्लबको भ्यालुयसन गर्ने इच्छा भने नभएको बुझिएको छ । तर यदि रोमनले क्लब बिक्री गर्न चाहेमा आफू खरिद गर्न तयार रहेको उनको आशय थियो । 

रसियन विलियनर रोमनले चेल्सी क्लबलाई बिक्री गर्नेमा कुनै इच्छा नभएको बताएका छन् । २१ विलियन पाउण्ड कुल सम्पत्ति रहेको जिमले साइक्लिङ टिम खरिद गरेर खेलकुदमा हात हालेका छन् ।
 

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया