श्रीलंकन क्रिकेट टिमका पूर्व कप्तान कुमार सांगाकारा मेरिलबाेन क्रिकेट क्लबको अध्यक्षमा नियुक्त

 बैशाख १९, २०७६ बिहिबार ८:५८:९ | उज्यालो सहकर्मी
unn.prixa.net

श्रीलंकन क्रिकेट टिमका पूर्व कप्तान कुमार सांगाकारा मेरिलबाेन क्रिकेट क्लब (एमसीसी) को अध्यक्षमा नियुक्त भएका छन् । सांगाकारा बेलायत बाहिरको खेलाडी एमसीसीको अध्यक्ष बनेको पहिलो पटक हो ।

अक्टोबर एक तारिखबाट लागू हुने गरी एमसीसीका अहिलेका अध्यक्ष एन्थोनी वेरफोर्डले सांगाकारालाई नयाँ अध्यक्षमा मनोनयन गरेका हुन् । बुधबार एमसीसीको वार्षिक बैठकमा सांगाकारा एक वर्षका लागि नयाँ अध्यक्षमा नियुक्त भएको घोषणा गरिएको हो ।

एमसीसीको नयाँ अध्यक्षमा नियुक्त भएपछि सांगाकाराले विश्वको प्रतिष्ठित क्लवको अध्यक्षमा नियुक्त हुन पाउदा निकै गर्व महसुस भएको बताएका छन् ।

साथै उनले एमसीसी विश्वकै उत्कृष्ट क्रिकेट क्लब भएको र उसको क्रिकेट भित्र र बाहिर निकै राम्रो इज्जत रहेको बताए । २०२० क्रिकेटका लागि झन उत्कृष्ट वर्ष हुने बताउँदै, सो बेला एमसीसीको अध्यक्षका हैसियतले राम्रो योगदान गर्नेमा विश्वस्त रहेको बताए ।

सांगाकाराले २०११ मा एमसीसीको स्प्रिट अफ क्रिकेट लेक्चरमा आफ्ना सहभागिता जनाएका थिए । २०१२ मा सांगाकारालाई आजीवन एमसीसीको सदस्यता दिइएको थियो ।

यही वर्ष उनले एमसीसीको विश्व क्रिकेट कमिटीमा समावेश भएका थिए । त्यसपछि पनि उनी सक्रिय सदस्यका रुपमा काम गर्दै आएका थिए ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया