‘हेरा फेरी’ फिल्म निर्माता फिरोज नाडियाडवालालाई ३ महिना जेल सजाय

 बैशाख १९, २०७६ बिहिबार १४:३२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउड फिल्म ‘हेरा फेरी’, फिर हेराफेरी’, ‘आवारा पागल दिवाना’, ‘वेलकम’ जस्ता कैयौं हिट फिल्मका निर्माता फिरोज नाडियाडवालालाई ३ महिनाको जेल सजाय सुनाइएको छ ।

फिरोजलाई ८.५६ लाख रुपैयाँको कर मुद्दामा जेल सजाय भएको हो । सन् २०१४ मा ८.५६ लाख रुपैयाँको कर तोकिएको समयमा नबुझाएपछि मुद्दा दर्ता भएको थियो । 

यसको जवाफमा फिरोजले बयान दिँदै भनेका छन्, ‘मैले कर तिर्न ढिला भएको स्वीकार गर्छु । तर मैले पछि सम्पूर्ण ब्याज र जरिबानासहित कर चुक्ता गरिसकेको छु । मबाट सम्पूर्ण कर चुक्ता भइसकेको बताइयो र फेरि ममाथि नै ३ महिनाको जेल सजाय भएको फैसला सुनाइएको छ । यस कुराले म निकै हैरान भएको छु । तर मलाई न्यायपालिकामाथि पूर्ण विश्वास छ ।’ 

साथै फिरोजले आफूलाई सुनाइएको फैसलालाई चुनौती दिँदै फेरि अदालत जाने बताएका छन् । उनले भने, ‘मलाई देशको न्यायपालिकामाथि अटुट विश्वास छ । यसैकारण मेरो मुद्दामा पनि न्याय हुनेछ ।’ फिरोज नाडियाडवाला तीन दशकदेखि बलिउड फिल्म उद्योगमा छन् । उनले अहिलेसम्म २० भन्दा बढी फिल्म निर्माण गरिसकेका छन् । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया