आमिर खानले गैँती खन्दै मनाए श्रमिक दिवस

 बैशाख १९, २०७६ बिहिबार १३:४५:२९ | एजेन्सी
unn.prixa.net

मे १ का दिन संसारभर अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइयो । बलिउड अभिनेता आमिर खानले पनि यस दिन श्रमदान गरेका तस्बिरहरु यतिबेला चर्चामा छन् । तस्बिर तथा भिडियोमा आमिर खान पानीको पाइपलाइन खन्ने काम गरिरहेका छन् ।

आमिर खानले पहेँलो रंगकोठ टी–शर्ट, कार्गो पाइन्ट र कालो रङको क्याप लगाएका छन् । आमिर खान अन्तर्राष्ट्रिय श्रमिक दिवसका दिन उनको एनजीओ ‘पानी फाउण्डेशन’ को कार्यक्रम अन्तर्गत महाराष्ट्रको एक गाउँमा श्रम दानका लागि पुगेका थिए । आमिरले पाइपलाइन खनेर आफ्नो तर्फबाट श्रम दान गरेका छन् ।

आमिर खानले आफूले श्रमदान गरिरहेका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमार्फत सेयर गरेका छन् । तस्बिर तथा भिडियोमा आमिर खानकी श्रीमती किरण राव पनि आमिरलाई सहयोग गरिरहेकी छिन् । आमिरले यो तस्बिर तथा भिडियो शेयर गर्दै श्रमिक दिवसको शुभ कामना दिएका छन् । 
 
 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया