सगरमाथा आरोहण गर्ने पहिलो ओमानी नागरिक खालिद अल शियाबीको निधन

 बैशाख १९, २०७६ बिहिबार १७:५२:१९ | उमाकान्त पाण्डे
unn.prixa.net

 यूएई - सर्वाेच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने पहिलो ओमानी पर्वतारोही खालिद अल शियाबीको निधन भएको छ । 

शियाबीको ४६ वर्षको उमेरमा गएको आइतबार हृदयघातका कारण ज्यान गएको ओमान अबसर्भरले जनाएको छ ।  शियाबीले सन् २०१० को मे २३ मा सगरमाथा चढ्नु भएको हो । 

शियाबीको मृत्युका कारण ओमान र नेपालको पर्यटन क्षेत्रमा अपूरणीय क्षति भएको ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुलीले बताउनुभयो ।

राजदूत ढकालले मंगलबार शियाबीको परिवारलाई उहाँकै निवासमा भेटेर समवेदना प्रकट गर्नुका साथै पार्थिव शरीरमा श्रदाञ्जली व्यक्त गर्नुभएको थियो ।    

अन्तिम अपडेट: बैशाख ८, २०८१

उमाकान्त पाण्डे

उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ। 

तपाईको प्रतिक्रिया