टाइगर उड्सले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट 'प्रेजिडेन्सियल मेडल अफ फ्रीडम' पाउने

 बैशाख २०, २०७६ शुक्रबार ७:४८:५३ | एजेन्सी
unn.prixa.net

टाइगर उड्सलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको सबैभन्दा ठूलो नागरिक सम्मान दिने भएका छन । 

अर्को साता वाशि‌ंगटनमा हुने विशेष कार्यक्रममा राष्ट्रपति ट्रम्पले  उड्सलाई 'प्रेजिडेन्सियल मेडल अफ फ्रीडम' दिन लागेका हुन । १५ पटकका मुख्य प्रतियोगिताका विजेता उड्सले एक साता अगाडि मात्र अगुस्टामा अर्को मास्टर्सको उपाधि जितेका थिए । सोमबार हुने यो कार्यक्रमका लागि उड्स निकै आतुर रहेको बताएका छन । 

११ वर्षसम्म कुनै ठुलो प्रतियोगिता जित्न नसकेका उड्सले आफ्नो चोटग्रस्त जीवनबाट कमब्याक गर्दै मास्टर्सको उपाधि जितेका थिए । 

यो मेडल पाउने उड्स चौथो गल्फर बन्नेछन् । यसअघि ज्याक निकोल्स, आर्नोल्ड पाल्मेर, चार्ली सिफोर्डले प्रेजिडेन्सियल मेडल अफ फ्रीडम' पाएका छन् ।

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया