आईसीसी टी-२० वरीयतामा नेपाल ३ स्थान माथि उक्लियो

 बैशाख २०, २०७६ शुक्रबार १३:३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी टी–२० वरीयतामा नेपालले तीन स्थान सुधार गरेको छ । आईसीसीले शुक्रबार जारी गरेको नेपाल वरीयताको ११ औं स्थानमा रहेको छ ।

गत महिनासम्मको  वरीयतामा नेपाल १४ औं स्थानमा रहेको थियो ।

११ औं स्थानमा रहेको नेपालको २१२ अंकसहित ११ औं स्थानमा रहेको छ । यूएई सिरिज २–१ ले जितेपछि नेपालको टी–२० वरीयतामा सुधार भएको हो । नेपालभन्दा एक स्थान माथि रहेको बंगलादेश २२० अंकसहित दशौं स्थानमा छ । 

टी–२० को शीर्ष स्थानमा पाकिस्तान रहेको छ । उसको २८६ अंक रहेको छ भने दोस्रो स्थानमा रहेको दक्षिण अफ्रिकाको २६२ अंक छ भने समान २६१ अंक रहेको इंग्ल्याण्ड र अष्ट्रेलिया क्रमश: तेस्रो र चौथो स्थानमा छन् । 

पाँचौं स्थानमा रहेको भारतको  २६० अंक रहेको छ भने न्यूजिल्याण्ड छैटौं, अफगानिस्तान सातौं स्थानमा रहँदा श्रीलंका र   वेस्ट इन्डिज आठौं र नवौं स्थानमा छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया