आईपीएल: दिल्लीलाई झट्का, भरपर्दा बलर कगिसाे रबाडाले चाेटका कारण बाँकी खेल खेल्न नसक्ने

 बैशाख २०, २०७६ शुक्रबार १५:५:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

इन्डियन प्रिमियर लिग आईपीएलमा नेपाली बलर सन्दीप लामिछाने रहेको टिम दिल्लीलाई प्रतियोगिताको अन्त्यतिर झट्का लागेको छ । उसका मुख्य बलर कागिसो रबाडा चोटका कारण सिजनका बाँकी खेल खेल्न नपाउने भएका छन् ।

लिगको प्लेअफमा पुगिसकेको दिल्लीका तीव्र गतिका बलर रबाडालाई विश्वकपको तयारीका लागि दक्षिण अफ्रिकी क्रिकेट बोर्डले मे ३० भन्दा अगाडि स्वदेश फर्किन निर्देशन पनि दिएको छ । तर आइपीएलमा चेन्नईविरुद्धको खेलका क्रममा उनले आफूलाई असहज महसुस भइरहेको बताएका थिए । उनको कम्मरमा समस्या भएको हुनसक्ने भन्दै परीक्षण गरिएको थियो । उनलाई आरामकाे आवश्यकता भएकाले दिल्लीले नै रबाडालाई स्वदेश फर्कन आग्रह गरेको छ ।

आइपीएलमा सफल बलर रबाडाले दिल्लीको अन्तिम खेल खेल्नेछैनन् भने त्यसपछि प्लेअफका खेलहरुपनि गुमाउने भएका छन् । रबाडाले १२ खेलमा २५ विकेट लिएका थिए । रबाडाको फिटनेसमा समस्या आएपछि दक्षिण अफ्रिकालाई पनि तनाव भएको छ । किनकि विश्वकपमा रहेका टिममा डेल स्टेन, लुंगी एंगिडी, एनरीच नोर्जी सबै चोटग्रस्त रहेका छन् । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया