सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न एक सय १० मिटर मात्रै बाँकी
बैशाख ८, २०८१ शनिबार
रुकुम पश्चिम – नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी रुकुम पश्चिमका उपाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।
सरकारद्वारा प्रतिबन्धित पार्टीको गतिविधिमा संलग्न भएको भन्दै अखिल क्रान्तिकारी रुकुम पश्चिमका उपाध्यक्ष प्रेम बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार, जिल्लाको त्रिवेणी गाउँपालिका २ सिमु्रतुको एक होटलबाट बोहरालाई बिहीबार नै पक्राउ गरिएको हो ।
बोहरालाई सार्वजनिक अपराध कसुर शीर्षक अन्तर्गत मुद्धा चलाएर थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।