मुलपानीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान: हरेक वर्ष योजनामा पर्ने, कहिल्यै पूरा नहुने

 बैशाख २०, २०७६ शुक्रबार १९:५६:३ | अर्जुन पोख्रेल
unn.prixa.net

काठमाण्डाै - पछिल्ला पाँच वर्षदेखि काठमाण्डौकाे मुलपानीमा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने योजना यो वर्षको नीति तथा कार्यक्रममा पनि परेको छ ।

पटक पटक नीति तथा कार्यक्रम तथा बजेटमा उल्लेख हुने तर कार्यान्वयन नहुने मुलपानी मैदानले यो पटक पनि सरकारी भाषणमा स्थान पाएको हो । सरकारले भाषणमा स्थान दिने तर काम नगर्ने परम्पराका कारण मुलपानीमा अहिले पनि मैदान भद्रगोल अवस्थामा रहेको छ । 

आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रममा मुलपानीसहितका क्रिकेट मैदानबारे भनिएको छ, ‘ काठमाण्डौकाे मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिाय क्रिकेट मैदान आगामी दुई वर्षभित्र सञ्चालनमा ल्याइनेछ, निजी क्षेत्रको अग्रसरतामा हुने क्रिकेटलगायतका खेल मैदानहरूको निर्माण कार्यलाई सरकारले प्रोत्साहन गर्नेछ। क्रिकेट खेलको विकासका लागि क्रिकेट एकेडेमी स्थापना गरिनेछ। काठमाण्डौ उपत्यकामा अन्तर्राष्ट्रिय स्तरको राष्ट्रिय खेलकुद परिसर निर्माण गर्न आगामी आर्थिक वर्षमा विस्तृत परियोजना प्रतिवेदन तयार गरिनेछ ।’

यस्तै सबै प्रदेशमा सुविधासम्पन्न रङ्गशाला र स्थानीय तहमा दीर्घकालीन महत्त्वका खेलग्रामको निर्माण, विकास र विस्तार गर्ने कार्यलाई तीव्रता दिने, आवश्यक पूर्वाधार निर्माण सम्पन्न गर्ने उल्लेख छ ।
 

अन्तिम अपडेट: चैत १, २०८०

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया