प्रदेश-१ स्तरीय महिला भलिबल प्रतियोगिताको उपाधि संखुवासभालाई

 बैशाख २१, २०७६ शनिबार १७:३७:५२ | सन्ताेष रुचाल
unn.prixa.net

धनकुटा - सामाजिक विकास मन्त्रालयले आयोजना गरेको प्रदेश-१ स्तरीय महिला भलिबल प्रतियोगिताको फाइनल खेलमा संखुवासभाले सुनसरीलाई पराजित गरेको छ । 

प्रतिकूल मौसमका बाबजुद पनि फाइनल खेल सम्पन्न भएको हो ।

फाइनल खेलमा संखुवासभाले सुनसरीलाई २५-१७, २५-१७ र २५-१६ को सोझो सेटमा पराजित गरेको थियो ।

संखुवासभाले उपाधिसँगै एक लाख रुपैयाँ, कप, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता सुनसरीले ५० हजार रुपैयाँसहित कप, पदक र प्रमाणपत्र हात पारेको छ । 

विजेता र उपविजेता टिमलाई प्रदेशसभाका सदस्य इन्द्रमणि पराजुली, कुसुम कुमारी श्रेष्ठलगायतले पुरस्कार वितरण गर्नुभएको थियो । विभिन्न विधाका उत्कृष्ट पाँच जनालाई पनि नगदसहित पुरस्कार वितरण गरिएको थियो ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

सन्ताेष रुचाल

रुचाल धनकुटाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया