कर्णाली प्रिमियर लिग: त्रिभुवन आर्मी क्लबले उचाल्याे उपाधि, न्यू हाेराइजन उप विजेता

 बैशाख २१, २०७६ शनिबार १८:३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

सुर्खेत - त्रिभुवन आर्मी क्लबले वाईवाई कर्णाली प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

सुर्खेतको कालिन्चोक मैदानमा आर्मीले न्यू होराइजन बुटवललाई ५९ रनले पराजित गर्दै लगातार दोस्रो पटक च्याम्पियन बनेको हो । टस जितेर ब्याटिङ गरेको आर्मीले २० ओभरमा ६ विकेट गुमाएर १४६ रनको योगफल तयार गरेको थियो ।

आर्मीका लागि हरि बहादुर चौहानले सर्वाधिक ५६, राजु रिजालले ३४ तथा भीम सार्कीले अविजित २१ रन बनाए । न्यू होराइजनका विकास श्रेष्ठले २ तथा राहुल प्रजापति, बिपिन खत्री र अखिलेश यादवले समान १–१ विकेट लिए ।

१४७ रनको लक्ष्य पछ्याउने क्रममा न्यू होराइजनले १८.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ८७ रनमा अल आउट भयाे। न्यू होराइजनलाई रोक्न आर्मीका जितेन्द्र मुखिया र शाहब आलमले ३–३ विकेट तथा सुसन भारीले २ विकेट लिए । न्यू होराइजनका लागि बिशाल सुनारले सर्वाधिक २६ तथा निश्चल चौधरीले १९ रन योगदान दिए ।

फाइनल खेलको प्लेयर अफ द म्याच हरि बहादुर चौहान चुनिए । उपाधि विजेता आर्मीले नगद ५ लाख रुपैयाँ तथा उप विजेता न्यू होराइजनले २ लाख रुपैयाँ प्राप्त गरे।

प्रतियोगिताको उत्कृष्ट खेलाडी न्यू होराइजनका कप्तान शक्ति गाैचन घोषित हुँदै ५० हजार रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृष्ट ब्याट्सम्यान कर्णाली-११ का रबिन्द्र जंग शाही तथा उत्कृष्ट बलर आर्मीका सुशन भारी घोषित भए । दुवैले जनही २० हजार रुपैयाँ प्राप्त गरे ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया