राजस्थानले दिल्लीलाई दियो एक सय १६ रनको लक्ष्य

 बैशाख २१, २०७६ शनिबार १८:५:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएको पहिलो खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई एक सय १६ रनको लक्ष्य दिएको छ । 

टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा नाै विकेट गुमाउँदै एक सय १५ रन बनायो । राजस्थानका लागि रियान परागले ४९ बलमा ५० रन बनाए । उनी आईपीएलमा कम उमेरमा अर्धशतक बनाउने खेलाडी पनि बनेका छन् ।  राजस्थानका लागि अरु कुनै पनि खेलाडीले राम्रो पारी खेल्न सकेनन् ।

रियान पराग

राजस्थानलाई कम योगफलमा रोक्न इशान्त शर्मा र अमित मिश्राले समान तीन तीन विकेट लिए । त्यस्तै ट्रेन्ट बोल्टले दुई विकेट लिँदा सञ्जु सामसन रन आउट भए । 

शनिबार नै हुने दोस्रो खेलमा राति सवा आठ बजे रोयल च्यालेन्जर्स बेंग्लोर र सनराइजर्स हैदराबाट प्रतिस्पर्धा गर्दैछन् । 
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया