आईपीएल : हैदराबादलाई पराजित गर्दा बेंग्लाेरकाे सान्त्वना जित

 बैशाख २२, २०७६ आइतबार ६:१७:३३ | नेप्लेज मिडिया
unn.prixa.net

काठमाण्डाै - इण्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेञ्जर्स बेंग्लाेरले सान्त्वना जित हात पारेको छ ।

लिग चरणको अन्तिम खेलमा बेंग्लाेरले सनराइजर्स हैदराबादलाई चार विकेटले पराजित गर्‍यो । बेंग्लाेरसँगको पराजयका पछि अर्को खेलमा कोलकाता मुम्बईसँग हारेमा मात्र हैदराबाद प्लेअफमा पुग्नेछ ।

बेंग्लाेरमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा सात विकेट गुमाउँदै १७५ रन बनाएको थियो । केन विलियमसनले ७० रनको आक्रामक पारी खेलेका थिए ।

उनले ४३ बलमा ५ चौका र चार छक्का प्रहार गरे । मार्टिन गुप्टिलले ३० रन बनाए भने विजय शंकरले २७ रन जोडे । ऋद्धिमान शाहाले २० रन बनाए ।

बलिङतर्फ वासिङ्टन शंकरले ३ विकेट लिए भने नवदीप सैनीले २ विकेट हात पारे । १७६ रनको लक्ष्य बेंग्लाेरले चार बल र चार विकेट बाँकी रहँदा पूरा गर्‍याे ।

२० रनको अवस्थामा ३ विकेट गुमाएको बेंग्लाेरका लागि शमिरन हेटमेयर र गुरकिरात सिंहले १४४ रनको बलियो साझेदारी गरे ।

ब्यक्तिगत तर्फ हेटमेयरले ७५ रन बनाए भने सिंहले ६५ रन जोडे । विराट कोहलीले १६ रन बनाए । खलिल अहमेदले ३ विकेट लिए भने भुवनेश्वर कुमारले दुई विकेट लिए ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया