बलिउड अभिनेत्री मुमताजको मृत्युको अफवाह एक पटक फेरि सामाजिक सञ्जालमा भाइरल

 बैशाख २२, २०७६ आइतबार १२:५३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

बलिउडकी दिग्गज अभिनेत्री मुमताजको मृत्युको झूटाे खबर फेरि एक पटक फैलिएको छ । खबरहरुका अनुसार मुम्बइको एउटा अस्पतालमा उनको निधन भएको बताइएको छ ।

सुरुमा यस खबरलाई कसैले पनि विश्वास गरेका थिएनन् । तर व्यापार विश्लेषक कोमल नहाटाले यस खबरको पुष्टि गर्दै आफ्नो ट्वीटर ह्याण्डलबाट एउटा भावुक ट्वीट गरेका थिए । त्यसपछि भने सामाजिक सञ्जालमा मानिसहरुले प्रतिक्रिया दिन सुरु गरेका थिए । खबर भाइरल भएसँगै मुमताजका परिवारले त्यस खबरको खण्डन गरेका छन् । साथै यसरी गलत तरिकाको अफवाह फैलाएको भन्दै आक्रोश व्यक्त गरेका छन् । 

त्यसपछि कोमल नहाटाले उक्त ट्वीट डिलिट गरे र दोस्रो ट्वीट गर्दै माफी मागेका छन् । 

बलिउड फिल्म निर्देशक मिलाप झावेरीले ट्वीटमार्फत त्याे खबर गलत रहेको बताउँदै भनेका छन् ‘मुमताज जिवित हुनुहुन्छ र उहाँ एकदम ठिक हुनुहुन्छ । उहासँग मेरो कुरा पनि भइसक्यो । उहाँ चाहनुहुन्छ की उहाँको बारेमा यस किसिमको अफवाह नफैलाइयोस् । ’ 

मुमताजका भतिजाले मिडियासँग कुरा गर्दै भने, ‘उहाँ उकदमै स्वस्थ हुनुहुन्छ । मलाइ थाहा छैन यस किसिमको अफवाह किन फैलाइँदैछ ?’

यसै गरी मुमताजकी छोरी तान्या माधवानीले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै मुमताजका बारेमा आएका खबरको खण्डन गरेकी छिन् । साथै अभिनेत्री स्वस्थ रहेको जानकारी पनि दिएकी छिन् । 

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Tanya Madhvani (@tanyamadhvani) on

त्यसको केही समयपछि मुमताज स्वयं अगाडि आएर एउटा न्यूज च्यानललाई अन्तरवार्ता दिएकी छिन् । उनले भनेकी छिन्,‘मलाई थाहा छैन यो खबर कसले र किन फैलायो ? मेराे बारेमा यस्ताे पहिलो पटक भएको होइन । यस पटक म मेरो परिवारसँग लण्डनमा छु र म निकै खुशी छु । केही महिना अघि पनि मेरो निधन बारेको गलत खबर फैलाइएको थियो । जसका कारण मेरा फ्यानहरु निकै दु:खी भएका थिए ।’

मुमताजलाई सन् २००० मा स्तन क्यान्सर भएको थियो । अहिले उनले क्यान्सरको लडाइँ जितिसकेकी छिन् । अहिले उनी स्वस्थ छिन् र लामो समयदेखि छोरीसँग लण्डनमा बस्दै आइरहेकी छिन् ।

उनकी जेठी छोरी नताशाले फिरोज खानका नाति (फरदीन खानका छोरा)सँग विवाह गरेकी छिन् । अहिले उनी लण्डनमा बसोबास गर्छिन् ।यस्तै उनकी कान्छी छोरी तान्या रोममा बस्छिन् ।

अभिनेत्री मुमताजले फिल्म ‘संस्कार, लाजवन्ती, सोने की चिडिया, दो रास्ते, गहरा दाग, आपकी कसमजस्ता कैयौं फिल्ममा अभिनय गरेकी छिन् । कुनै बेला मुमताज र  राजेश खन्नाको जोडी दर्शकले निकै मन पराउँथे । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया