अक्षय कुमारको नागरिकता र राष्ट्रिय पुरस्कारलाई लिएर भयो विवाद

 बैशाख २३, २०७६ सोमबार १३:३२:१६ | एजेन्सी
unn.prixa.net

पछिल्लो केही समय यता अभिनेता अक्षय कुमारले एक पछि अर्को विवादको सामना गरिरहेका छन् । भारतमा भैरहेको चुनावका कारण उनको क्यानडाको नागरिकता चर्चाको विषय बनेको छ । उनको त्यही नागरिकताका कारण दुई वर्ष अघि ‘रुस्तम’ फिल्मका लागि पाएको राष्ट्रिय पुरस्कारका कारण विवादमा मुछिएका छन् । 

अक्षय कुमारसँग क्यानडाको नागरिकता रहेको छ । तसर्थ अक्षय कुमार विदेशी नागरिक भएका कारण उनलाई राष्ट्रिय पुरस्कार दिन नहुने भन्दै विवाद सिर्जना भएको छ । सामाजिक सञ्जालमा अक्षय कुमार क्यानडियन नागरिक भएका कारण उनलाई दिइएको राष्ट्रिय पुरस्कार प्रति आपत्ति जनाएका छन् । साथै उनी भारतीय नागरिक नभएका कारण पुरस्कारका लागि योग्य नएको भन्दै बहस चलेको छ ।


 
सामाजिक सञ्जालमा केही व्यक्तिहरु अक्षय कुमारविरुद्ध आफ्ना विचारहरु राखिरहका बेला फिल्म ‘रईस’ का निर्देशक राहुल ढोलकिया र अभिनेता परेश रावल भने अक्षय कुमारको समर्थनमा बोलेका छन् । निर्देशक राहुल ढोलकिया नेशनल फिल्म अवार्ड्सको निर्णायक मण्डलका सदस्य पनि हुन् । उनले ट्वीट गर्दै भनेका छन् ‘नेशनल अवार्ड्सको मुद्दामा यस्तो प्रावधान रहेको छ, विदेशी मूलका व्यक्तिलाई समेत यो पुरस्कार दिन मिल्छ । यो वैध हो र नियम अनुसार नै रहेको छ । किनकी म आफैँ पनि नेशनल फिल्म अवार्ड्सको निर्णायक मण्डलको सदस्य पनि भइसकेको छु ।’ 

राहुलले डायरेक्टरेट अफ फिल्म फेस्टिभल्सको एक स्क्रिनसट शेयर गरेका छन् । जसमा क–कसलाई राष्ट्रिय पुरस्कार दिन मिल्छ भन्ने बारेमा उल्लेख गरिएको छ । यसबाट ढोलकियाले अक्षय कुमारलाई राष्ट्रिय पुरस्कार दिन नमिल्ने भन्दै विवाद सिर्जना गर्नेहरुको मुख बन्द गरिदिएका छन् । 

अभिनेता परेश रावल जसले अक्षय कुमारका साथ कयौ फिल्ममा काम गरिसकेका छन् । उनले पनि अक्षयको साथ दिदै भनेका छन् ‘मेरो आफ्नो अहिले सम्मको फिल्मी करियर र जिन्दगीमा मैले अक्षय कुमार जस्तो इमान्दार र सरल व्यक्ति देखेकै छैन । अक्षय कुमारले आफ्नो नागरिकताको विषयमा जे जस्तो भनेका छन त्यसमा एक एक शब्द साँचो छ । अक्षय हामी सबै तपाईको साथमा छौँ । जसलाई जे भन्नु छ भन्न दिनुहोस ।’

अक्षय कुमार भारतको लोकसभा चुनाव अन्तर्गत अप्रिल २९ मा मुम्बईमा भएको चुनावमा मतदान गर्न नगएपछि विवादमा तानिएका हुन । तर उनकी श्रीमती ट्वीकंल खन्नाले भने मतदान गरेकी थिइन् ।

बलिउडका अन्य कलाकारहरुले मतदानपछि तस्बिर सामाजिक संजालमा सार्वजनिक गरेका थिए । अधिकांशले अक्षय कुमारमाथि मतदानका बारेमा प्रश्न उठाएका थिए । त्यसपछि अक्षय कुमारले स्पष्टिकरण दिँदै आफूसँग क्यानडाको नागरिकता भएका कारण भोट हाल्न नसकेको बताएका थिए । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया