क्यान्सरबाट मुक्त भए बलिउड अभिनेता ऋषि कपूर, भारत फर्कन अझै २ महिना लाग्ने

 बैशाख २३, २०७६ सोमबार २०:३२:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आठ महिनादेखि अमेरिकाको न्यूयोर्कमा क्यान्सर रोगको उपचार गराइरहेका अभिनेता ऋषि कपूर अब भने रोगबाट मुक्त भएका छन ।

ऋषि कपूर स्वयमले भारतीय मिडियासँगको अन्तरवार्तामा आफ्नो स्वास्थ्य अवस्थाका विषयमा कुरा गरेका छन । ऋषि कपूरका अनुसार उनलाई न्यूयोर्कबाट भारत फर्कन अझै २ महिना लाग्नेछ । किनकी उनको बोनम्यारो ट्रान्सप्लान्ट गर्न अझै बाँकी छ । 

ऋषि कपूरले श्रीमती नीतू कपूरको समेता प्रशंशा गर्दै भने ‘नीतू मेरो साथमा चट्टान बनेर उभिएकी थिइन । उनले मेरा खानपानमा निकै साथ दिइन् । साथै मेरा बच्चाहरु रणबिर र रिद्धिमाले मेरो हरेक समस्यालाई काँधमा काँध मिलाएर समाधान गरे ।’

क्यान्सरबाट ग्रस्त ऋषिकाे आठ महिना लामो उपचार गत वर्षदेखि अमेरिकाबाट सुरु भएको थियो ।

ऋषिले भने, ‘भगवानलाई धन्यवाद ! अब म क्यान्सर रोगबाट मुक्त भएँ । तर अब बोनम्यारो ट्रान्सप्लान्ट हुनेछ, जसमा करिब २ महिनाको समय लाग्नेछ । मैले यस बिमारीपछि संयमित हुन सिकेको छु । निको हुनु भनेको धेरै नै बिस्तारै हुने प्रक्रिया हो । तर यसले तपाईँलाई जिन्दगीको महत्व कति धेरै छ भन्ने कुरा सिकाउँछ । यस क्रममा परिवार र फ्यानहरुको आर्शीवाद र कामनाले असर देखायो । म सबैलाई धन्यवाद दिन चाहन्छु ।’

ऋषि कपूरले गत वर्ष सेप्टेम्बरमा ट्विटरमार्फत आफ्नो राेगको कुरा गर्दै त्यसको उपचारका लागि अमेरिका जान लागेको बताएका थिए । तर अहिलेसम्म परिवारका अन्य सदस्य तथा साथीभाइले ऋषि कपूर कुन रोगको उपचार गराइरहेका छन् भन्ने बारेमा खुलासा गरेका थिएनन् ।

समय समयमा सामाजिक सञ्जाल मार्फत ऋषि कपूर र नीतु कपूरले उनका फ्यानलाई स्वास्थ्य स्थितिका बारेमा जानकारी दिने गरेका थिए । नीतु कपूरले इन्स्टाग्राममार्फत कयौं तस्बिरहरु पोस्ट गरेकी छिन् । 

उपचार गराइरहेका ऋषि कपूरलाई भेट्नका लागि बलिउड कलाकारहरु प्रियंका चोपडा, अनुपम खेर, करिश्मा कपूर, आमिर खान, आलिया भट्टलगायतका कलाकारहरु अमेरिका पुगेका थिए ।  
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया