सलाह र फिर्मिनाेबिना बार्सिलोनाविरुद्ध लिभरपुल : पुनरागमन गर्न सक्ला ?

 बैशाख २४, २०७६ मंगलबार ८:४६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

च्याम्पियन्स लिग सेमिफाइनल दोस्रो लेगमा मंगलबार राति स्पेनिस च्याम्पियन बार्सिलोना र इंग्लिस टोली लिभरपुल आमने–सामने हुँदैछन् ।

लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको खण्डमा उसका लागि यो अहिलेसम्मकै सबैभन्दा महान नतिजा हुनेछ । नाउ क्याम्पमा भएको पहिलो लेगमा लियोनल मेस्सी प्रेरित बार्सिलोनाले ३–० गोलअन्तरको सानदार जित आत्मसाथ गरेको थियो । 

दोस्रो लेग राति एनफिल्ड रंगशालामा पौने १ बजेदेखि सुरु हुनेछ । घरेलु लिग ला लिगाको उपाधि जितिसकेको बार्सिलोनाका लागि लियोनल मेस्सीको लय मुख्य हतियार हो । ३१ वर्षे मेस्सीले पहिलो लेगमा गरेको अविश्वसनीय फ्रिकिक गोलको चर्चा अझै सेलाएको छैन । उनले त्यस खेलमा २ गोल गरेका थिए । 

यता लिभरपुलका मुख्य फरवार्डहरु मोहम्मद सलाह र रोवर्टो फिर्मिनो आजको खेलमा उपस्थित हुनेछ छैनन् । न्युकासल विरुद्धको प्रिमियर लिगको खेलका क्रममा दुवै खेलाडी चोटग्रस्त भएका थिए । 

लिभरपुलका प्रशिक्षक जर्गेन क्लपले भनेका छन्, ‘विश्वकै दुई उत्कृष्ट स्ट्राइकरहरु बार्सिलोनाविरुद्धको खेलमा हुने छैनन, तर हामीलाई ४ गोल गर्नुछ ।’ डिफेण्डरहरु भान डाइक र एलेक्स च्याम्बरलिनले पनि सोमबार प्रशिक्षण गरेका छैनन् ।

च्याम्पियन्स लिग दोस्रो सेमिफाइनल दोस्रो लेगमा बुधबार टोटनह्याम र नेदरल्याण्ड्सको आयाक्स भिड्दैछन् । टोटनह्यामको घरेलु मैदानमा १–० गोलको महत्वपूर्ण अवे जित निकालेको आयाक्सले बुधबार घरेलु मैदानमा भिड्न लागेको हो ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया