‘परानै दिन्छु’ गीतको म्युजिक भिडियो सार्वजनिक

 बैशाख २४, २०७६ मंगलबार १३:२१:३२ | उज्यालो सहकर्मी

गायिका मेलिना राई र गायक हरि लम्सालको स्वरमा रहेको ‘परानै दिन्छु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

निकेश खड्काले निर्देशन गरेको भिडियोमा दयाहाङ राई र लक्ष्मी बर्देवाको अभिनय छ । प्रल्हाद शाहको रचना रहेको गीतमा हरि लम्सालले संगीत भरेका हुन् ।

विकाश धमलाले सम्पादन गरेको भिडियो बुद्ध थापाले छायांकन गरेका हुन् । 

अन्तिम अपडेट: चैत २७, २०८०

तपाईको प्रतिक्रिया