पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा जाइरोकप्टर दुर्घटना

 बैशाख २४, २०७६ मंगलबार १५:३९:५ | सुमन गुरुङ
unn.prixa.net

कास्की – पोखरा विमानस्थलमा मंगलबार दिउँसो जाइरोकोप्टर दुर्घटना भएको छ । दिउँसो झण्डै २ बजे दृश्यावलोकन गरेर फर्केर ल्याण्ड गर्ने क्रममा धावन मार्गमा दुर्घटना भएको हो । 

जाइरोकप्टर उत्तरी भेगबाट ल्यान्ड गर्ने क्रममा चिप्लिएर बाहिर जाँदा दुर्घटना भएको पोखरा विमानस्थलका निर्देशक भोलाप्रसाद गुरागाईले बताउनुभयो ।

जाइरोकोप्टरमा फ्रान्सेली पाइलट क्याप्टेन एरिक र पर्यटक अनिश भट्टचन सवार थिए उनीहरु दुवै जना सकुशल छन् । जाइरोकोप्टरको पंखा भाचिएको छ भने सिसा फुटेको छ । दुर्घटनापश्चात विमानस्थल भने सामान्य अवस्थामा चलिरहेको छ ।
 

अन्तिम अपडेट: चैत ११, २०८०

सुमन गुरुङ

कास्कीका उज्यालो सहकर्मी  सुमन गुरुङ रेडियाे तरङ्गमा पनि काम गर्नुहुन्छ ।

तपाईको प्रतिक्रिया