वेष्ट इन्डिज क्रिकेट टिमका पूर्व ब्याट्सम्यान सेइमोर नुर्सीको निधन

 बैशाख २४, २०७६ मंगलबार १६:४९:३६ | एजेन्सी
unn.prixa.net

वेष्ट इन्डिज क्रिकेट टिमका पूर्व ब्याट्सम्यान सेइमोर नुर्सीको निधन भएको छ । लामो समयदेखि बिरामी रहका उनको ८५ वर्षको उमेरमा निधन भएको हो ।

सन् १९६० देखि १९६९ सम्म वेष्ट इन्डिज क्रिकेट टिमबाट खेलेका उनले २९ टेष्ट खेलेका थिए । नुर्सीको निधन उनका चेला तथा वेष्ट इन्डिजकै खेलाडी डेसमोन्ड हानेसले आफ्नो फेसबुकमा राखेर पुष्टि गरेका हुन् ।

बार्बाडोसका पूर्व मिडिलअडरका ब्याट्सम्यान नुर्सीले इंग्ल्याण्डविरुद्ध १९६० सालमा डेब्यू गरेका थिए । जसमा उनले पहिलो खेलको पहिलो पारीमा ७० र दोस्रो पारीमा ११ रन बनाएका थिए । उनले टेष्टको अन्तिम खेलमा दुई सय ८५ रन बनाउँदै करियरको अन्त्य गरेका थिए । आफ्नो करियरमा उनले दुई हजार ५ सय २३ रन बनाएका थिए । जसमा ६ शतक र १० अर्धशतक रहेका छन ।

एक सय ४१ पहिलो श्रेणीका खेल खेलेका नुर्सीले नौ हजार चार सय ८९ रन बनाएका थिए । उनी खेलाडी जीवनबाट सन्यास लिएपछि बार्बाडोस टिमको छनोटकर्ता र टिम व्यवस्थापक बनेका थिए । यसका साथै उनी बार्बाडोस राष्ट्रिय खेलकुद परिषद्को प्रशिक्षक पनि बनेका थिए । उनकी दुई वटा जुम्ल्याहा छोरी रहेका छन 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया