जसले फुटबल र क्रिकेट विश्वकप खेलाए

 बैशाख २५, २०७६ बुधबार ९:२५:५ | उज्यालो सहकर्मी
unn.prixa.net

आईसीसी विश्वकप ३० मे देखि इंग्ल्याण्डमा सुरु हुँदैछ । प्रतियोगिताका लागि सबैले तयारी पनि गरिरहेका छन् । भारतीय टिम भने आईपीएल क्रिकेटमा भएकाले उसले विश्वकपको छुट्टै तयारी भने गर्न पाएको छैन । उसले १२ मे मा सकिने आईपीएल पछि तयारी सुरु गर्ने जनाइएको छ ।

विश्वकपका विभिन्न रोचक कुरा मध्ये एउटा हुन् अम्पाएर स्टीब बकनर । जसले क्रिकेटसँगै फुटबलको पनि विश्वकपमा अम्पाएरको भूमिका निर्वाह गरेका छन् । उनी क्रिकेट विश्वकपका सबैभन्दा धेरै खेल खेलाउने दोस्रो अम्पाएरमा पनि पर्छन् । १९९२ देखि २००७ सम्म भएका विश्वकपमा बकनरले ४५ खेल खेलाएका छन् । उनी भन्दा अघि ४ ६खेल खेलाउने डेविड शेफर्ड रहेका छन् ।

बकनरले लगातार पाँच विश्वकपमा अम्पाएर बनेको रेकर्ड पनि कायम गरेका छन् । २० वर्षसम्म अन्तर्राष्ट्रिय क्रिकेट अम्पाएर रहेका उनले टेस्ट क्रिकेटमा पनि सबैभन्दा १ सय खेलमा अम्पाएर बनेको रेकर्ड पनि बनाएका छन् । उनले क्रिकेट करियरमा १८१ एकदिवसीय र १२८ टेस्ट क्रिकेटमा अम्पाएर बनेर खेल सञ्चालन गरे ।

विश्वकै उत्कृष्ट अम्पाएरको सूचीमा पर्न सफल बकनर पटक पटक भने विवादमा समेत तानिएका छन् । उनी भारतीय महान व्याट्सम्यान सचिन तेन्दुलकरको विषयमा विवादमा बढी परे । उनले सचिनलाई जानी जानी आउट दिएको आरोप लाग्ने गर्छ । भारतीय क्रिकेट समर्थकहरुले ब्रायन लाराको सधैं चर्चा होस भन्ने उद्देश्यले सचिनलाई आउट दिने गरेको आरोप लगाउने गर्छन् ।

बकनर सबैभन्दा बढी विवादित २००७ को विश्वकपको फाइनल खेलमा बनेका थिए । उक्त फाइनल खेल खराब प्रकाशका कारण उनले रोकेका थिए । तर खेल्न सकिने प्रकाश रहेको भन्दै उनको आलोचना भएको थियो । 

यसैगरी २००८ मा भारतीय टिम अस्ट्रेलिया भ्रमणमा हुँदा सिड्नीमा भारत नराम्रोसँग पराजित हुँदा त्यसको दोस पनि बकनरलाई नै दिइएको थियो । जसका कारण उनलाई आईसीसीले त्यसपछिको भारत अस्ट्रेलिया सिरिजबाट विदा गरेको थियो । जसका कारण उनले रिटायरमेन्ट लिनुभन्दा २ वर्ष अघि नै क्रिकेटबा सन्यास लिएका थिए ।

उनी क्रिकेटका मात्रै अम्पाएर होइनन् । उनले फिफा विश्वकप फुटबलको पनि अम्पाएर बनेर अर्को नयाँ रेकर्ड पनि बनाएका छन् । १९९० फिफा विश्वकपका लागि १९८८ मा भएको क्वालिफायर खेलमा रेफ्रीको भूमिका निर्वाह गरेका थिए । उनले सेल्बाडोर नेदरल्याण्डबीचको खेल खेलाएका थिए । उनी स्कूले जीवनमा फुटबल खेल्दा गोलकिपर  थिए ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया