सनराइजर्स हैदराबादविरुद्ध टस जितेर दिल्ली बलिङ गर्दै, सन्दीप परेनन् टिम ११ मा

 बैशाख २५, २०७६ बुधबार १९:४३:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

इन्डियन प्रिमियर लिग आइपीएलको इलिमिनेटर राउण्डमा नेपाली युवा बलर सन्दीप लामिछाने सम्मिलित टिम दिल्ली क्यापिटल्स सनराइजर्स हैदरावादसँग खेलिरहेको छ । जसमा सन्दीपले भने टिम ११मा  स्थान बनाउन सकेनन् ।

दिल्लीले टस जितेर पहिले बलिङ गर्दा नेपाली बलरले टिममा स्थान बनाउन सकेनन् । उनको स्थानमा ट्रेन्ट बोल्टलाई राखिएको छ । सन्दीपले यो सिजन जम्मा ६ खेलमात्र खेल्न पाए । आजको विजेताले फाइनल प्रवेशका लागि चेन्नईसँग खेल्नेछ ।

यस्ताे छ दिल्लीकाे टिम ११

पृथ्वी श

शिखर धवन

श्रेयस अय्यर - कप्तान

ऋषभ पन्त - विकेटकीपर

काेलिन मुन्राे

शेरफेन रदरफाेर्ड

अक्षर पटेल

कीमाे पल

अमित मिश्रा

ट्रेन्ट बाेल्ट

इशान्त शर्मा

 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया