मेक्सिको जेट दुर्घटनामा १३ जनाको मृत्यु भएको पुष्टी

 बैशाख २६, २०७६ बिहिबार ७:२९:२३ | रासस
unn.prixa.net

फाइल तस्बिर

मेक्सिकोका अधिकारीहरुले देशको उत्तरी क्षेत्रमा गतसाता भएको जेट दुर्घटनामा ज्यान गुमाउनेकाे संख्या १३ रहेको बताएका छन् ।

अमेरिकाको लास भेगासबाट आइतबार मेक्सिकोको मोन्टेरी शहरका लागि उडेको निजी विमान मेक्सिकोको विकट पहाडी इलाकामा खसेको थियो । 

विधिचिकित्सकहरुले विमानमा रहेका सबैको शव पहिचान गरेको मेक्सिकोका एक सरकारी वकील गेरार्डो मार्केजले बताए । उनले ज्यान गुमाएका व्यक्तिमध्ये सात जनाकोे शरीर सग्लो स्वरुपमा भएप नि जलेको अवस्था रहेको तथा अन्य छ जनाको शरीर टुक्राटुक्रा भएको जानकारी दिए । 

नागरिक उड्डयन अधिकारीहरुले बमबार्डियर च्यालेन्जर ६०१ जेट गएको आइतबार सम्पर्क विहीन भएको थियो । उनीहरुले मौसम खराब भएका कारण विमान दुर्घटना भएको प्रारम्भिक अनुमान गरेका छन् ।
 

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया