एएफसी यू–१६ च्याम्पियनसिप छनाेट: नेपाल कठिन समूहमा

 बैशाख २६, २०७६ बिहिबार १४:४९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

नेपाल एएफसी यू–१६ च्याम्पियनसिप छनोटमा समूह ए मा परेको छ ।

नेपाल रहेको समूहमा ताजिकिस्तान, जोर्डन, श्रीलंका र कुवेत रहेका छन् । जोर्डनमा आयोजना हुने प्रतियोगिता नेपालका लागि निकै कठिन रहेको छ । एएफसीका ४७ राष्ट्रहरू सहभागी गराएर प्रतियोगितालाई पश्चिम, दक्षिण र मध्य भागमा विभाजन गरिएको छ । छनोटको शीर्ष टिमले प्रतियोगितामा स्थान बनाउनेछ ।

चार उत्कृष्ट उपविजेताले समेत फाइनल चरणमा स्थान बनाउनेछन् । नेपालको समूहमा रहेका श्रीलंका बाहेक हरेक टिम नेपालभन्दा बलिया र फिफा वरीयतामा पनि उच्च स्थानमा छन् । यही प्रतियोगिताका लागि एन्फाले केही दिन अघि यू-१६ छनोट गरेको थियो । जसकाे अन्तिम नामावली सार्वजनिक हुन बाँकी छ ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया