करेन्ट लागेर ११ वर्षीय बालकको ज्यान गयो

 बैशाख २६, २०७६ बिहिबार १५:२८:३४ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर -  पाँचथरमा करेन्ट लागेर बुधबार एक बालकको मृत्यु भएको छ ।

फिदिम नगरपालिका–६ मगरगाउँका लालबहादुर सारुका ११ वर्षीय छोरा सनम सारु मगरको मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।
मगरको बुधबार साँझ बिजुलीको खम्बामा चढ्दा करेन्ट लागेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार साथीसँग खेल्ने क्रममा बिजुलीको पोलमा चढ्दा करेन्ट लागेपछि उनी ढलेका थिए । उनलाई उपचारको लागि जिल्ला अस्पताल पाँचथर पुर्‍याएपछि डाक्टरले उनलाई मृत घोषणा गरेको पाँचथरका प्रहरी निरिक्षक अनिलकुमार पौडेलले बताउनुभयो ।


 

अन्तिम अपडेट: चैत २१, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया