माेदीभन्दा कायर र कमजोर प्रधानमन्त्री मैले देखेको थिइनँ : प्रिय‌ंका गान्धी

 बैशाख २६, २०७६ बिहिबार २०:३५:५७ | एजेन्सी
unn.prixa.net

भारतमा लोकसभा चुनाव २०१९ को छैटौँ चरणको मतदानका लागि प्रचारप्रसार जारी छ । नेता तथा उम्मेदवार एकअर्काविरुद्ध भनाभन र बाझाबाझको स्थितिसम्म पुगिसकेका छन् । बाँकी रहेको छैटौँ  र सातौँ चरणको मतदान आगामी मे १२ र १९ मा हुँदैछ । 

विशेषगरी भारतीय जनता पार्टी र भारतीय कांग्रेस एक अर्काविरुद्ध लागिपरेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले भाषणमा राजीव गान्धीलाई निशाना बनाइनु र त्यो विरुद्ध कांग्रेसको जवाफी हमला पनि रोचक नै छ । 

बिहीबार पनि उत्तर प्रदेशको प्रतापगढमा भएको र्‍यालीमा कांग्रेसकी महासचिव प्रियंका गान्धी प्रधानमन्त्री मोदीमाथि खनिएकी छिन् । 

 

र्‍यालीलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री मोदीलाई निशाना बनाउँदै प्रियंकाले भनिन्, ‘यिनीभन्दा कायर र कमजोर प्रधानमन्त्री मैले जिन्दगीमा देखेको थिइँन । राजनीतिक शक्ति ठूला–ठूला प्रचारबाट आउँदैन, टीभीमा देखाएर पनि आउँदैन ।’

‘राजनीतिक शक्ति त्यो हो, जसले जनतालाई सबैभन्दा ठूलो ठान्छ । नागरिकको कुरा सुन्ने शक्ति, नागरिकको समस्या सुलझाउने शक्ति, आलोचना सुन्ने शक्ति, विपक्षी दलको कुरा सुन्ने शक्ति । तर प्रधानमन्त्री आफ्नो कुरा सुन्न छोड्दैनन् र जवाफ दिन पनि जान्दैनन्’, उनले भनिन् ।  
 

अन्तिम अपडेट: चैत ४, २०८०

तपाईको प्रतिक्रिया