१३ वर्षीया बालिकालाई फकाएर विवाह गरेकाे आराेपमा एक जना पक्राउ

 बैशाख २६, २०७६ बिहिबार १७:४९:१६ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - १३ वर्षीया बालिकालाई ललाइफकाइ मन्दिरमा लगेर विवाह गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् ।

हिलीहाङ गाउँपालिका–७ का २३ वर्षीय चक्र तामाङ पक्राउ परेका हुन् । छिमेकी जिल्ला तेह्रथुमको आठराई गाउँपालिकाकी १३ वर्षीया बालिकालाई ललाइफकाइ फिदिममा रहेकाे शिवालय मन्दिरमा लगेर सिन्दुर, पोतेसमेत गरेर विवाह गरेको बालिकाका अभिभावकले प्रहरीमा उजुरी दिएको थियो ।

बालिकाका अभिभावकले प्रहरीमा दिएको जाहेरी अनुसार ती व्यतिmलाई वुधबार प्रक्राउ गरिएको प्रहरी निरिक्षक अनिलकुमार पौडे्लले वताउनुभयो । पक्राउ परेका व्यतिmविरुद्ध वाल–विवाह अन्तर्गत म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले वताएको छ ।  वालिका कक्षा–८ मा अध्यय्नरत रहेको वताइएको छ ।


 

अन्तिम अपडेट: चैत २७, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया