पूर्व पत्नी जेनिफरलाई डेट गरिरहेको खबरको मजाक उडाए ब्राड पिटले

 बैशाख २७, २०७६ शुक्रबार १५:०:४४ | एजेन्सी
unn.prixa.net

हलिउड अभिनेता ब्राड पिट र उनकी पूर्व पत्नी जेनिफर एनिस्टनले सन् २००५ मा डिभोर्स गरेका थिए । डिभोर्स पछि दुबैले अरुसँग विवाह पनि गरे । 

तर अभिनेत्री एन्जेलिना जोलीसँगको सम्बन्ध विच्छेदपछि सिंगल रहेका ब्राडले उनकी पूर्व पत्नी जेनिफरलाई डेट गरिरहेको खबर सार्वजनिक भयो । ब्राड फेब्रुअरीमा जेनिफरको ५०औं जन्मदिनको पार्टीमा सहभागी भएपछि यस्तो खबर बाहिरिएको थियो । 

मंगलबार एक कार्यक्रममा ब्राडको मन फेरी दोस्रो पटक उनकी पूर्वपत्नी तर्फ फर्किएको हो त भन्ने प्रश्नलाई उनले मजाकमा उडाइदिएका छन् । कार्यक्रममा फोटोपत्रकारले ब्राडसँग ‘के तपाई आफ्नी पूर्वपत्नी जेनिफर एनिस्टनलाई फेरी डेट गरिरहनुभएको छ ? भन्ने प्रश्न गरेपछि ब्राडले हाँस्दै भने ‘हे भगवान, साँच्चै हो ?’

ब्राड पिट र जेनिफर एनिस्टनले सन् २००० मा विवाह गरेका थिए । उनीहरुको पाँच वर्षको वैवाहिक सम्बन्ध सन् २००५ मा टुंगिएको थियो । जेनिफरसँग छुट्टिएपछि हलिउडकी चर्चित अभिनेत्री एञ्जेलिना जोलीलाई लामो समयदेखि डेट गरिरहेका ब्राडले सन् २०१४ मा विवाह गरेका थिए । तर ब्राड र एञ्जेलिनाको वैैवाहिक सम्बन्ध पनि धेरै अगाडि बढ्न सकेन । दुबैले सन् २०१९ मा सम्बन्ध विच्छेद गरे । 

उता अभिनेत्री जेनिफर एनिस्टनले पनि अभिनेता जस्टिन थेरोक्सका साथ विवाह गरिन् । तर उनको र जस्टिनको विवाह पनि दुई वर्षभन्दा बढी टिक्न सकेन । तसर्थ दुबैले सन् २०१७ मा छुट्टिने निर्णय गरे । अहिले ५० वर्षीया जेनिफर एनिस्टन र ५५ वर्षीय ब्राट पिट दुबै सिंगल छन् । 

 
 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया