करियरको अन्तिम खेल पूर्व क्लबसँग खेल्नु सपनाजस्ताे – पिटर चेक

 बैशाख २७, २०७६ शुक्रबार १२:१७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

यो सिजन युरोपा लिगको फाइनलमा चेल्सीसँग खेल्ने पक्का गरेको आर्सनलका गोलकिपर पिटर चेकले करियरको अन्तिम खेल पूर्व क्लबसँग खेल्नु सपना भएको बताएका छन् ।

यो सिजनपछि खेलाडी करियरबाट सन्यास लिने तयारीमा रहेका पिटरले पूर्व क्लब चेल्सी विरुद्ध अन्तिम खेल जित्न पाएमा त्यो अझ राम्रो पक्ष हुने बताए । चेक रिपब्लिकका गोलकिपर पिटर प्रिमियर लिगका क्लबमा नियमित खेल खेल्ने बेर्नाड लेनो पछिका गोलकिपर हुन् ।

३६ वर्षीय पिटरले युरोपा लिगको फाइनलपछि सन्यास लिने बताएका छन । युरोपा लिगको फाइनलमा पुगेपछि उनले करियरको अन्तिम खेल चेल्सी विरुद्ध खेल्नु सबै भन्दा उत्साहको विषय रहेको बताए । साथै उनले करियरको अन्तिम खेलमा युरोपियन प्रतियोगिता खेल्नु आफूले नसोचेको बताए ।

आर्सनलले स्पेनीस क्ल भ्यालेन्सियालाई सात तीन गोलले हराएर युरोपा लिगको फाइनलमा पुगेको हो । यता चेल्सीले टाइब्रेकरमा फ्रयांकफर्टलाई हराउदै उपाधि जनिक पुगेको हो । उपाधि खेल अजरबैजानको बाकुमा मे २९ मा हुनेछ ।
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया