भारतीय महिला फुटबल लिगमा सावित्राको टोलीले गर्‍यो गोलको वर्षा

 बैशाख २७, २०७६ शुक्रबार १४:२२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय महिला फुटबल लिगमा सेथु फुटबल क्लबले लगातार तेस्रो जित निकालेको छ । शुक्रबार बिहान भएको खेलमा सेथुले साई एसटीसी काटेक फुटबल क्लबलाई ९–० गोलको फराकिलो अन्तरले हराएको हो ।

पहिलो दुई खेलमा प्लेइङ सेटमा परेकी सावित्रा शुक्रबार सुरुवातमा बेन्चमा बसेकी थिइन् । उनको स्थानमा अनिता बस्नेतलाई सुरुवातमा खेलाएको थियो ।

दोस्रो हाफमा वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेकी सावित्राले प्रवेश गरेको केही मिनेटमा नै गोल गरिन् । शुक्रबारको खेलमा भारतीय खेलाडी रतनबालाले व्यक्तिगत चार गोल गरिन् ।

खेलको तेस्रो, २८ औं, ७४ औं र ८९ औं मिनेटमा गोल गरिन् । यस्तै खेलको ८ औं र ८७ औं मिनेटमा सन्ध्याले गोल गरिन् । ८२ औ मिनेटमा सब्सिच्युट खेलाडी सावित्राले ग्रसीको क्रसलाई सदुपयोग गर्दै गोल गरिन् । उनले लिगमा गोल संख्या ६ पुर्‍याइन् ।

त्यसपछि सेतुले अर्को एक गोल थपेपछि नौ शून्यको भारी जित निकाल्यो । जारी प्रतियोगितामा लगातार तीन खेलमा जित हात पारेको सेतुले सेमिफाइनलको यात्रा बलियो बनाएको छ । यता साइ एसटीसीको यो लिगमा दोस्रो ठूलो हार हो । यसअघि उसले मनिपुर पुलिस स्पोर्टस टिमसँग १०–० को हार ब्यहोरेको थियो ।

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया