केबल टीभी तथा इन्टरनेट सेवा बन्द गर्ने चेतावनी

 बैशाख २७, २०७६ शुक्रबार १८:४३:० | उज्यालो सहकर्मी

काठमाण्डौ – इन्टरनेट तथा टीभी सेवा प्रदायक संघ, संस्थाहरुले नेपाल विद्युत प्राधिकरणले चर्को महसुल लगाएको उल्लेख गर्दै आफ्ना सबै सेवाहरु बन्द गर्ने चेतावनी दिएको छ । 

नेपाल विद्युत प्राधिकरणले पोलको समेत रेट  बढाएपछि आक्रोशित भएका इन्टरनेट तथा टीभी सेवा प्रदायक संघ, संस्थाहरुले शुक्रबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी आफ्ना सेवाहरु बन्द गर्नुपर्ने अवस्था आएको जानकारी गराएका हुन् । ५० रुपैयाँ तिर्दै आएको पोलको भाडा १४ हजारभन्दा बढी पुर्‍याएपछि आफ्ना सबै सेवाहरु बन्द गर्ने अवस्था आएको इन्टरनेट तथा टीभी सेवा प्रदायक समन्वय समितिका संयोजक दिनेश सुवेदीले जानकारी दिनुभयो ।

नेपाल विद्युत प्राधिकरणले वृद्धि गरेको महसुल निकै चर्को भएको र आफूहरुले तिर्न नसक्ने बताउँदै आएका टीभी तथा इन्टरनेट सेवा प्रदायक संघ, संस्थाहरुले आफ्ना सेवा बन्द गर्ने अवस्था आएकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन । समितिका संयोजक सुवेदीले ३५ अर्ब बढी लगानी गरेका केबल टीभी सञ्चालकहरुलाई मारमा पार्ने गरी सेवा शुल्क लिने काम गरेको भन्दै आपत्ति पनि जनाउनुभयो ।

नेपाल विद्युत प्राधिकरणले एकलौटी भाडा वृद्धि गरेको र त्यसलाई पुनरावलोकन गर्न प्रधानमन्त्री, अर्थमन्त्री र उर्जामन्त्रीलाई ज्ञापन पत्र बुझाउँदा पनि बेवास्ता गरिएको इन्टरनेट तथा केवल टीभी सञ्चालनहरुको गुनासो छ । ती संस्थाहरुले तार काटेर आफ्नो सेवा बन्द गरे सम्पूर्ण इन्टरनेट तथा सञ्चार माध्यमहरु प्रभावित हुनेछन् । संयोजक सुवेदीले ५० रुपैयाँ तिर्नुपर्ने पोलको भाडादर १४ हजार ५ सय किन ? पुर्‍याएको भनि सरकारलाई प्रश्न पनि गर्नु भयो ।

नेपाल केआल टेलिभिजन महासंघ, इन्टरनेट सेवा प्रदायक संघ र डिश मिडिया नेटवर्क लिमिटेड आवद्ध रहेको सो समन्वय समितिले नेपाल विद्युत प्राधिकरणले पछिल्लो पटक तोकेको चर्को मूल्य नघटाए सरकारविरुद्ध नै कडा आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

2 Comments

  • sanjay chaudhary

    May 12, 2019, 9:08 p.m.

    कसको नियममा चल्न थाल्यो फेरि नेपाल बिद्द्युत प्राधिकरण ? त्यति महँगो असुली गरेर कसको भुँडी भर्नालाई यस्तो महँगो पार्न थालेको ?

  •  0 Reply
  • गोकर्ण

    May 10, 2019, 7:02 p.m.

    पचास रुपैयाबाट चौध हजार पुर्याउनु पनि न्यायोचित भएन यदि वृद्धि भएको भाडा सेवा प्रदायकहरुले तिरे भने पनि जनसाधारणले सेवा उपभोग गर्न सक्दैनन् अनि देशको आर्थिक वृद्धि ओरालो

  •  0 Reply

तपाईको प्रतिक्रिया