नेपालगञ्ज नाकाहुँदै नौ महिनामै पाँच अर्बको चामल आयात

 बैशाख २८, २०७६ शनिबार ८:१४:३९ | रासस
unn.prixa.net

रुपन्देही - चालू आर्थिक वर्षको चैत मसान्तसम्म नेपालगञ्ज नाका हुँदै पाँच अर्ब आठ करोड ७० लाख मूल्यको चामल भित्रिएको छ । गत साउनदेखि हालसम्म ९७ हजार ७ सय ३२ मेट्रिकटन चामल नेपालगञ्ज नाका हुँदै भित्रिएको हो ।

नेपालगञ्ज भन्सार कार्यालयका अधिकृत परमानन्द जोशीका अनुसार भारतबाट आयात गरिएको चामलबाट कार्यालयले चालू आर्थिक वर्षको चैत्र मसान्तसम्म ३९ करोड २६ लाख ५१ हजार २३२ राजश्व सङ्कलन गरेको छ । कृषि प्रधान देश भए पनि दैनिक लाखौँ मूल्यको चामल नेपाल भित्रिरहेको छ ।

नेपालगञ्ज नाका हुँदै भित्रिएको चामल स्थानीय बजार र पहाडी जिल्लामा खपत हुने गरेको छ । देशमै बाँके, बर्दिया र दाङमा चामल उत्पादन हुने प्रमुख जिल्लाका रुपमा चिनिन्छन् ।

तर मागअनुसार उत्पादन बढाउन नसक्दा पछिल्लो समय करोडौँ मूल्यको चामल भारतबाट आयात गर्नुपर्ने बाध्यता छ । नेपालमा छिमेकी देश भारतसँगै चीन, थाइल्याण्ड र बङ्गलादेशबाट पनि चामल आयत हुने गर्दछ ।  

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया