सन्दीप लामिछाने आइतबार स्वदेश फर्कने

 बैशाख २८, २०७६ शनिबार १२:५६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

आईपीएल क्रिकेट खेल्न भारतमा रहेका नेपाली युवा खेलाडी सन्दीप लामिछाने आइतबार नेपाल आउने भएका छन् ।  

भारतमा जारी आईपीएलको दोस्रो क्वालिफायरमा उनको टिम दिल्ली क्यापिटल्स चेन्नाई सुपरकिंग्ससँग पराजित भएसँगै सन्दीपको पनि आईपीएल यात्रा टुंगिएको थियो ।

गत सिजनमा आईपीएलमा डेब्यू गरेको सन्दीपले यस पटक चाँडै नै   मौका पाएका थिए । २०१८ को आईपीएलमा अन्तिमका तीन खेल खेलका सन्दीपले यस पटक सुरुको तेस्रो खेलमै टिममा स्थान बनाएका थिए ।

यस पटक उनले समग्रमा ६ खेलमा प्लेयिङ सेटमा स्थान बनाउँदा ८ विकेट लिए । आइतबार नेपाल आए पनि उनले आसन्न प्रधानमन्त्री कप (पीएम कप) खेल्न नखेल्ने बारे अहिलेसम्म टुंगो लागिसकेको छैन ।

उनी प्रदेश तीनबाट खेल्ने सम्भावना रहे पनि यसबारे औपचारिक जानकारी सोमबार आउने बताइएको छ ।
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया