भीरबाट लडेर एक जनाकाे ज्यान गयो

 बैशाख २८, २०७६ शनिबार १६:३७:३१ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - भिरबाट लडेर शुक्रबार गुल्मीमा एक जनाकाे ज्यान गएको छ ।

ज्यान जानेमा मदाने गाउँपालिका-५, मलागिरीका ३५ वर्षीय शित बहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक दिपक कुमार बस्नेतले बताउनु भयो ।

भारतमा नोकरी गरेर प्यूठान हुँदै शुक्रबार राति घर फर्कँदैै गरेका परियारकोे मदाने गाउँपालिका५,डाँडापरिको भिरबाट लडेर ज्यान गएको इलाका प्रहरी कार्यालय पुर्कोटदहले जनाएको छ । परियारले शुक्रबार बेलुकी घरमा फाेन गरेर आफू घर आउँदै गरेको जानकारी गराएकाे बुझिएकाे छ । 

शनिवार बिहानसम्म पनि उनी घरमा नआएपछि खोजतलास गर्दै जाँदा भिरमा उनकाे शव फेला परेको परिवारका सदस्य बताउँछन् ।

परियारको शवलाई पोष्टमार्टमका लागि गुल्मी अस्पताल तम्घास ल्याइ सकिएकाे प्रहरीलर् जनाएकाे छ
 

अन्तिम अपडेट: फागुन २९, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया