लुक्ला विमानस्थलमा ४ दिनदेखि विमान थन्कियो, यात्रु अलपत्र

 असार १८, २०७५ सोमबार १४:१७:४ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – सोलुखुम्बुको लुक्लामा रहेको तेन्जिङ हिलारी विमानस्थलमा ४ दिनदेखि विमान थन्किएको छ । मौसम प्रतिकुलताका कारण शुक्रबार अवतरण भएका तारा एयरको 9NAKK  कल साइन भएको विमान उडान हुन नसक्दा लुक्लामा नै थन्किएको हो ।
    

शुक्रबार मौसम प्रतिकुलताका बाबजुद नै अवतरण गरिएका २ वटा विमानमध्ये समिट एयरको विमान यात्रु लिएर फर्किए पनि तारा एयरको विमान भने फर्किन नसकेको तारा एयरलायन्स लुक्लाले जनाएको छ । लुक्ला विमानस्थलमा उडान हुन नसक्दा पर्यटकहरु अलपत्र परेको तारा एयरका स्टेसन इन्चार्ज फुनुरु शेर्पाले बताउनुभयो । 
    

तत्काल मौसममा सुधार हुने छाँटकाट नदेखिएपछि कतिपय यात्रुहरु पैदल नै सल्लेरी हुँदै सडक मार्गबाट गन्तव्यतर्फ लागेका छन् । केही पर्यटकहरु लुक्लाबाट झण्डै एक घण्टाको पैदल यात्रा गरी शुर्केबाट हेलिकप्टरबाट चार्टर गरी फर्किए पनि आजबाट हेहिकप्टरसमेत अवतरण हुन नसक्दा पर्यटकहरु अलपत्र परेका छन । 
लुक्लामा अहिले विदेशी तथा स्वदेशी गरी झण्दै एक सय जति पर्यटकहरु काठमाडौं फर्कने तयारीमा रहेको स्थानिय शिक्षक खगेन्द्रराज बास्तोलाले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १२, २०८१

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया