प्रिमियर लिगमा सिजनको अन्तिम खेल आज, कसले जित्ला उपाधि ?

 बैशाख २९, २०७६ आइतबार १०:२२:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि छिनोफानोसहित जारी सिजनको अन्तिम चरणका खेल आज हुँदैछ । लिगका दशवटै खेल राति पौने ८ बजेदेखि सुरु हुनेछ । तर २ खेलमा मात्र सबैको आकर्षण रहनेछ । 

प्रिमियर लिगमा सन् २०११/१२ को सिजनपछि पहिलोपल्ट उपाधि छिनोफानो अन्तिम खेलबाट हुन लागेको छ ।यो दौडमा साविक विजेता म्यानचेस्टर सिटी र लिभरपुल छन् । 

दौडमा सिटी एक कदम अगाडि छ भने गएको साता बार्सिलोनालाई हराउँदै च्याम्पियन्स लिगको फाइनलमा पुगेको लिभरपुलले पछ्याइरहेको छ । लिगका ३७ खेलमा सिटीको ९५ र लिभरपुलको ९४ अंक छ । आइतबार लिभरपुलले एनफिल्डमा उल्भरह्याम्प्टनसँग खेल्नेछ भने सिटीले रेलिगेसनबाट मुस्किलले जोगिएको ब्राइटनसँग उसकै मैदानमा खेल्दैछ । 

जारी लिगको अहिलेसम्मको यात्रामा लिभरपुल र सिटीको उत्कृष्ट अग्रपंक्ति नै उसको सफलताको कारक बनेको छ । सिटीले ३१ खेलमा जित निकालेको छ भने २ खेल बराबरी खेलेको छ । लिभरपुलले ३७ खेलमा २९ जित, ७ बराबरी र एउटामात्र हार ब्यहोरेको छ ।
 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया