गोलकिपर किरण चेम्जोङ बने ‘१०० प्लस’ को ब्राण्ड एम्बेस्डर

 बैशाख २९, २०७६ आइतबार १४:३०:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली राष्ट्रिय टिमका गोलकिपर किरण चेम्जोङ विश्व चर्चित सफ्ट ड्रिंक १०० प्लसको ब्राण्ड एम्बेस्डर बनेका छन् । सिंगापुर र मलेसियामा संयुक्त रुपमा उत्पादन हुने यो सफ्ट ड्रिंक नेपालमा पहिलो पटक सार्वजनिक गरिएको हो । 

कम्पनीकी मलेसिया म्यानेजर च्याङ जेसीले यो उत्पादन मलेसियामा भएका नेपालीले धेरै मन पराएको र नेपालीका लागि सुहाउँदाे पेय पदार्थ भएकाेले नेपालमा पनि यसलाई धेरैले प्रयोग गर्ने अपेक्षासहित नेपालमा ल्याइएकाे बताइन् । यसका साथै नेपालीका लागि धेरै सुहाउदा पेय पदार्थ भएकाले उनीहरुले मनपराउने बताइन् । 

सिंगापुरमा हेडक्वाटर रहेको यो पेय पदार्थलाई सन् १९८३ मा मलेसिया र सिंगापुरमा उत्पादन गर्न थालिएको हो । यो पेय पदार्थलाई सारा ग्रुपले नेपालमा भित्र्याएको हो । 


किरण दुई वर्षका लागि यो उत्पादनको ब्राण्ड एम्बेस्डर हुनेछन् । काठमाण्डाैमा आइतबार आयोजना भएको कार्यक्रममा सारा ग्रुपका अध्यक्ष दिपक केसी र खेलाडी किरण चेम्जोङले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । 

किरणले दुई वर्षसम्म यो उत्पादनको प्रचार प्रसारमा सहयोग गर्नेछन् ।

किरणले यो कम्पनी अरु भन्दा फरक रहेकाले कम्पनीमा अवाद्ध भएको बताएका छन् । यो कम्पनी मलेसिया र सिंगापुरमा ब्रुनाई तथा थाइल्याण्ड लगायतका ३० देशमा चर्चित छ ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया