पाँच वर्षमुनिका बालबालिकामा आँखाको क्यान्सरकाे जाेखिम बढ्दाे

 बैशाख २९, २०७६ आइतबार २०:२६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पाँच वर्षमुनिका बालबालिकामा आँखाको क्यान्सर (रेटिनोब्लास्टोमा) को खतरा बढ्दै गएको छ ।

नेपालमा चेतना अभावले याे राेगको जोखिम बढेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार आँखाको क्यान्सर २० हजार नवजात शिशुमध्ये एक जनामा देखिन्छ । तर नेपालमा अहिलेसम्म अध्ययन नै नगरिएकाले यसबारे तथ्यांक नै छैन ।

रेटिनोब्लास्टोमा पाँच वर्षमुनिका बालबालिकाको आँखाभित्रको पर्दा अर्थात् रेटिनामा विकास हुने क्यान्सर हो । आँखाको नानीमा सेतो थोप्लो देखिनु, असामान्य रुपमा रातो हुनु, आँखा बिस्तारै बांगो हुँदै गए बालबालिकालाई आँखाको क्यान्सर भएको शंका गर्न सकिन्छ । यो रोगको बेलैमा उपचार नगरे ज्योति गुम्ने, आँखा नै फाल्नुपर्ने वा रोग लागेपछि ज्यानै जानसक्ने डाक्टरहरुले बताएका छन् ।

रेटिनोब्लास्टोमा लागेपछि आँखामा परिवर्तन देखिएपनि बालबालिका भने स्वस्थ जस्तै देखिने डाक्टरको भनाइ छ । विश्व आँखा क्यान्सर सचेतना सप्ताह कार्यक्रममा तिलगंगा अस्पतालका संस्थापक एवं कार्यकारी निर्देशक डाक्टर सन्दुक रुइतले आँखाको क्यान्सर र त्यसको रोकथामका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया