बिहेमा निम्ता मान्न गएकी ५८ वर्षीया महिलामाथि सामूहिक बलात्कार

 बैशाख २९, २०७६ आइतबार १८:३४:१९ | उपेन्द्र येक्तेन

पाँचथर - फिदिम नगरपालिकाकी एक ५८ वर्षीया महिला सामूहिक बलात्कारको शिकार भएकी छिन् ।

विवाहको निम्ता मान्न गएकी ती महिलालाई तीन जनाले बलात्कार गरेकाे बताइएकाे छ । 

शुक्रबार राति तीन जनाको समूहले आफूलाई सामूहिक बलात्कार गरेको पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो । पीडित महिलाको उजुरीको आधारमा घटनाका आरोपित स्थानीय ४५ वर्षीय धनसिंह फागोलाई प्रहरीले पक्राउ गरेको छ ।

घटनाका आरोपित अन्य दुई जना फरार रहेको पाँचथर प्रहरीले जानकारी दिएको छ । शुक्रबार छिमेकीको बिहेमा निम्तो मान्न गएको बेला राति आफूमाथि सामूहिक बलात्कार भएको भन्दै दोषीमाथि कारबाहीको माग गर्दै पीडित महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् । 

अन्तिम अपडेट: जेठ ४, २०७६

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया