आईपीएल खेलेर फर्किए सन्दीप

 बैशाख २९, २०७६ आइतबार १९:२७:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली युवा लेगस्पनिर सन्दीप लामिछाने आईपीएल क्रिकेट खेलेर स्वदेश फर्किएका छन् ।

डेढ महिनाअघि आईपीएल खेल्न भारत गएका उनी बीचमा घरायसी कामले नेपाल आएर फर्किएका थिए । आईपीएल क्रिकेटमा उनको टिम दिल्ली क्यापिटल्स दोस्रो क्वालिफायर्समा पराजित भएसँगै उनी नेपाल फर्किएका हुन् ।

अघिल्लाे वर्ष आईपीएलमा डेब्यू गरेका सन्दीपलाई याे सिजन पनि दिल्ली क्यापिटल्सले रिटेन गरेको थियो । पछिल्लो सिजनमा अन्तिमका तीन खेल मात्रै खेलेका सन्दिपले यसपटक भने ६ खेलमा मौका पाए ।

जसमा उनले २३ ओभर बलिङ गरेर महत्वपूर्ण ८ विकेट लिन पनि सफल भए । सन्दीपलाई अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरुले भव्य स्वागत गरेका थिए ।

सन्दीपले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै आईपीएल क्रिकेट आफ्ना लागि सानदार रहेको प्रतिक्रिया दिए । उनले यसले नेपाली क्रिकेटलाई पनि भविष्यमा थप फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

आसन्न पीएम कप क्रिकेट भने आफूले नखेल्ने बताए । लगातारको क्रिकेट प्रतियोगिताका कारण शरिरलाई आराम दिनुपर्ने भएकाले अहिलेको प्रतियोगिता नखेल्ने बताउँदै परिवारसँग केही समय बिताउने योजना पनि उनले सुनाए ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया