जानकी जन्माेत्सव मनाउन राष्ट्रपति जनकपुर आउँदै

 बैशाख ३०, २०७६ सोमबार ८:४८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

जनकपुरधाम - जनकपुरमा साेमबार जानकी नवमी एवं जानकी जन्माेत्सव धुमधामसँग मनाइदैछ । बैशाख शुक्ल नवमी आर्थात आजकै दिन आदर्श नारी सीताको मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी भव्यतासाथ मनाउने गरिन्छ ।

जानकी नवमीको अवसरमा साेमबार बिहानैदेखि जनकपुरको जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर, लक्ष्मण मन्दिर लगायतका मन्दिरहरुमा पुजाअर्चना गर्ने श्रद्धालु भक्तजनहरुको भीड लागेको छ । यस वर्ष सीताको जन्मोत्सव मनाउन जानकी मन्दिरलाई नवदुलही झैं सिंगारिएको छ । सीताको जन्मोत्सवमा सहभागि हुन एवं पुजापाठ गर्न नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन एवं पर्यटकहरु जनकपुर आएका छन् ।

जानकी मन्दिरको मुख्य कार्यक्रम जानकी नवमी रहेकाले भव्यता पूर्वक मनाउन लागिएको जानकी मन्दिरका सह महन्थ रामरोशन दास बैष्णवले बताउनुभयो ।

जानकी नवमीमा सहभागि हुन राष्ट्रपति विद्यादेवी भण्डारी साेमबार जनकपुरमा आउँदै हुनुहुन्छ । बिहान ९ बजे हेलिकप्टरबाट जनकपुर आउनुहुने राष्ट्रपति भण्डारीले जानकी मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताउनुभयो । राष्ट्रपतिको आगमनलाई लिएर जनकपुरको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रदेश २ मा सार्वजनिक बिदा

जानकी नवमीको अवसरमा प्रदेश सरकारले साेमबार प्रदेशमा सार्वजनिक बिदा दिएकाे छ । मुख्यमन्त्री लालबाबु राउतले आइतरबाट शुभकामना संदेश दिँदै जानकी नवमी उत्साहपूर्वक मनाउन प्रदेश २ मा सार्वजनिक बिदाको घोषणा गर्नुभएको थियो । 

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया