काठमाण्डौसहित देशका धेरैजसो पहाडी भेगमा दिउँसो पानी पर्ने सम्भावना

 बैशाख ३०, २०७६ सोमबार ९:८:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - साेमबार दिउँसो काठमाण्डौसहित देशका धेरैजसो पहाडी भेगमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना छ ।

यी क्षेत्रको मौसम आशिंकदेखि सामान्यसम्म बदली भई बेलुकीपख मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभाव र स्थानीयवायुको प्रभावका कारण पानी पर्ने सम्भावना रहेको मौसमविद् सुवास रिमालले बताउनुभयो ।

यस्तै बंगालको खाडीमा बनेको न्यूनचापीय रेखाका कारण पूर्वका धेरैजसो ठाउँमा मेघ गर्जनसहित पानी पर्ने र हिमाली भेगमा हल्का हिमपातको सम्भावना भएको मौसमविद् रिमालले बताउनुभयो ।

अबको १/२ दिन देशभरको मौसम यस्तै नै रहने उहाँले बताउनुभयो । तर ठुलो पानी पर्ने वा लगातार बदली हुने सम्भावना भने छैन । अहिले काठमाडौको मौसम बद्ली भएको छ । काठमाडौको दिउँसोको मौसम एकछिन खुल्दै फेरि एक छिन बदली हुने सम्भावना रहेको छ ।  

यसैबीच आइतबारदेखी देशको पहाडी भेगको तापक्रम घटेर केही सितल महसुस गरिए पनि तराईका क्षेत्रमा चलेको तातो हावाका कारण त्यहाँको जनजीवन भने प्रभावित बनेको छ ।

महोत्तरी, धनुषा, सर्लाही, सिरहा लगायत तराईक्षेत्रमा दिउँसोको समयमा चर्को घाम लाग्नुका साथै तातो हावा चलेकाले दैनिक कामधन्दामा समस्या भएको हो । तातो हावाले हरियो तरकारी बालि सुक्न थालेका स्थानीयले बताएका छन् ।  
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया