प्रदेश २ मा आज सार्वजनिक बिदा

 बैशाख ३०, २०७६ सोमबार ९:१६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा - जानकी नवमीको अवसरमा सोमबार प्रदेश २ सरकारले सार्वजनिक बिदा दिएकाे छ । जानकी नवमी धुमधामसँग मनाउन प्रदेश सरकारले प्रदेशभित्र सार्वजनिक बिदा घोषणा गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले आइतबार विज्ञप्ति जारी गर्दै सोमबार परेको जानकी नवमी भव्यता एवं हर्षाेल्लासपूर्वक मनाउन बिदाको घोषणा गर्नुभएको हो । उहाँले जानकी नवमीको सबैमा शुभकामना समेत व्यक्त गर्नुभएको छ ।

साेमबार जनकपुरमा धुमधामसँग मनाइने जानकी नवमी पर्वमा राष्ट्रपति विद्यादेवी भण्डारीसमेत सहभागी हुँदैहुनुहुन्छ । उहाँले जानकी मन्दिरमा पूजाअर्चना गर्ने कार्यक्रम रहेको जानकी मन्दिर व्यवस्थापन पक्षले जनाएको छ ।  

वैशाख शुक्ल नवमीको दिन आदर्श नारी सीताको मिथिलामा जन्म भएको धार्मिक मान्यता अनुसार प्रत्येक वर्ष जानकी नवमी धुमधामसँग मनाउने गरिन्छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया