जानकी मन्दिरमा राष्ट्रपति भण्डारीद्वारा पूजाअर्चना

 बैशाख ३०, २०७६ सोमबार १०:५१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – राष्ट्रपति विद्यादेवी भण्डारीले जानकी मन्दिरमा पूजाअर्चना गर्नु भएको छ । जानकी नवमीको अवसरमा राष्ट्रपति भण्डारी साेमबार बिहान जनकपुर आएर जानकी मन्दिरको दर्शन एवं पूजाअर्चना गर्नु भएको हो ।

राष्ट्रपति भण्डारीलाई जानकी मन्दिरमा भव्य स्वागत गरिएको छ । जानकी मन्दिर प्रांगणमा जानकी नवमीक‍ो कार्यक्रममा उहाँ सहभागी हुनुभएको छ ।

राष्ट्रपतिको आगमनलाई लिएर जनकपुरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । जानकी नवमी धुमधामसँग मनाउन प्रदेश सरकारले प्रदेशभित्र सार्वजनिक बिदासमेत दिइएको छ । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया