पाँचथरमा १५ वर्षीया किशोरीको घाँटी रेटी हत्या

 बैशाख ३०, २०७६ सोमबार ११:४:२४ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर - पाँचथरमा १५ वर्षीया एक किशोरीको घाँटी रेटेर हत्या गरिएकाे छ । हिलिहाङ गाउपालिका– ४, पञ्चमिकी शितल योङहाङको आइतबार साँझ घाँटी रेटी हत्या भएको हो ।

शीतलको शव घाँटी काटिएको अवस्थामा साँझ ७ बजेको समयमा सडक मुनी फेला परेको पाँचथरका प्रहरी निरिक्षक अनिलकुमार पौडेलेले बताउनुभयो । शीतल आइतबार अपरान्ह ४ बजे स्कूलबाट घर आएर घरको काम सकेर बाहिर निस्केको परिवारले जनाएको छ ।

हत्या कस्ले र किन गर्‍यो भन्ने खुलेको छैन् । यसबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

किशोरीकाे शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरमा राखिएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया